काठमाडौँ । सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ बट लाभांश घोषणा गरेको छ ।
कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३२ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिबाट प्रस्ततावित उक्त लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड छ ।