गुल्मी । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले चुनावी प्रचारप्रसारमा मोटो रकम खर्च गरे पनि हार व्यहोर्नुपरेको छ। निर्वाचन आयोगमा बुझाइएको खर्च विवरण अनुसार ज्ञवालीले काठमाडौँका मेयर बालेन शाहको तुलनामा झण्डै दोब्बर बढी खर्च गरेका छन्।
खर्चको तुलनात्मक विवरण:
बालेन शाह (काठमाडौँ महानगर): १४ लाख १७ हजार २७९ रुपैयाँ
प्रदीप ज्ञवाली (गुल्मी–१): २६ लाख ७५ हजार ३३० रुपैयाँ
ज्ञवालीको खर्च कहाँ-कहाँ भयो?
गुल्मी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका ज्ञवालीले जिल्ला निर्वाचन कार्यालयमार्फत आयोगमा बुझाएको विवरणमा सबैभन्दा बढी खर्च खानपिन र आवासमा भएको देखिएको छ:
खाना तथा आवास: ८ लाख ५० हजार रुपैयाँ
सम्पर्क कार्यालय व्यवस्थापन: ५ लाख ८० हजार रुपैयाँ
बाँकी रकम अन्य प्रचारप्रसार र यातायातमा खर्च भएको विवरणमा उल्लेख छ। भारी खर्च र व्यवस्थित प्रचारका बाबजुद पनि ज्ञवालीले सोचेको नतिजा निकाल्न सकेनन् ।