काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १ करोड ३ लाख २० हजार २४४ मतगणना भएको छ ।
यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ११ सम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सबैभन्दा बढी अर्थात् ५० लाख ५२ मत प्राप्त गरेको छ ।
निर्वाचन आयोगका अनुसार निर्वाचनमा नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६, नेकपा ९एमाले० ले १४ लाख ११ हजार ४२९, नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ६६ हजार ८७५, श्रम संस्कृति पार्टीले २ लाख ५८ हजार ४१५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २४ हजार ८११ मत प्राप्त गरेको छ ।
यस्तै, जनता समाजवादी पार्टी नेपालले एक लाख ७१ हजार ३४१, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ६६ हजार ४४४ र जनमत पार्टीले ७६ हजार ४४७ मत प्राप्त गरेको छ ।
समानुपातिक तर्फको मतगणना जारी छ । हालसम्म रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले थ्रेसहोल्ड कटाइसकेका छन् ।
प्रत्यक्ष तर्फका १६५ वटै क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । प्रत्यक्षतर्फ रास्वपाले १२५, नेपाली कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ ।