काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहकाे भन्दा पूर्व अर्थमन्त्री विष्णु पौडेलले चुनावी खर्च दाेब्बरले बढी गरेका छन् । बालेनले चुनावी खर्च १४ लाख १७ हजार २७९ रुपैयाँ गरेका थिए ।
पाैडेलले निर्वाचन आयोगलाई बुझाएको विवरणमा २८ लाख सात हजार १०० रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । सबैभन्दा धेरै इन्धनमा आठ लाख ९७ हजार बढी रकम खर्च भएकाे जनाएका छन् ।