

काठमाडौं। नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर समूहले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बैतडीका सुरेन्द्र चन्दलाई मनोनीत गरेको छ।
‘१५औँ नियमित महाधिवेशन तयारी समिति’का संयोजक डा. शशांक कोइरालाले चन्दलाई उक्त पदमा मनोनीत गरेका हुन्। विधानको धारा ४२ (१) बमोजिम उनलाई सेनानी संघको अध्यक्षमा मनोनीत गरिएको मनोनयन पत्रमा उल्लेख छ।
नवनियुक्त अध्यक्ष चन्दलाई आगामी ६ महिनाभित्र संगठनको महाधिवेशन सम्पन्न गर्ने मुख्य कार्यादेशसमेत दिइएको छ।