

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेल वैवाहिक बन्धनमा बाँधिएका छन् ।
रोहितले सिम्रन खड्कासँग विवाह गरेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै विवाहबारे जानकारी दिएका हुन् । उनले सिम्रनलाई उल्लेख गर्दै सपना साकार पार्ने यात्राका सहयात्रीदेखि जीवनभरका जीवनसाथीसम्मको यात्रा सुरु भएको बताएका छन् ।
रोहितले सामाजिक सञ्जालमा ‘सधैँभरिका लागि हाम्रो साथ’ भन्दै विवाहको तस्बिर सार्वजनिक गरेका छन् ।
उनीहरूबीच थाइल्यान्डमा विवाह भएको खुलेको छ ।