नेप्से परिसूचकमा ८.५७ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । यसदिन नेप्से परिसूचक ८.५७ अंकले घटेर २ हजार ६ सय २८.१७ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये ५९ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय ३ कम्पनीको घटेको छ ।

शुक्रबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज ४ अर्ब ८२ करोड ४७ लाख ३२ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । बिहीबार ५ अर्ब ४८ करोड ९५ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज सबैभन्दा धेरै कमाउनेमा एनआइसी एसिया बैंकका लगानीकर्ताहरु रहेका छन् । यस बैंकको सेयर मूल्य ६.०८ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै गुमाउनेमा सोपान फर्मास्युटिकल्सका लगानीकर्ताहरु रहेका छन् । यसको सेयर मूल्य ५.३७ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै