दुई दिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने भारतको राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शाह केहीबेरअघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार नेपाली प्रतिनिधिमण्डलसहित भारतको औपचारिक भ्रमणमा गएका थिए। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मू तथा विदेशमन्त्री एस. जयशंकरलगायतसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा नेपाल–भारत सम्बन्ध, ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, कनेक्टिभिटी तथा आर्थिक सहकार्यलगायत विषयमा छलफल भएको थियो ।

भ्रमणका क्रममा दुई देशबीच विभिन्न समझदारी तथा सहमति आदानप्रदान हुनुका साथै विकास सहायता र ऊर्जा सहकार्यसम्बन्धी विषयमा समेत सहमति भएको थियो ।

स्वदेश फर्किने क्रममा प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे तथा नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायतले नयाँदिल्लीमा बिदाइ गरेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै