

नयाँदिल्ली । भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत राजकीय भ्रमणका क्रममा भारतले उक्त सहायता प्याकेज घोषणा गरेको हो ।
नेपाल–भारत संयुक्त विज्ञप्तिअनुसार कुल सहायता रकममध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहनेछ ।
भारतले उपलब्ध गराउने अनुदानतर्फ ३ हजार ५०० करोड भारतीय रुपैयाँ अर्थात् करिब ५६ अर्ब नेपाली रुपैयाँ रहनेछ। उक्त रकम विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजना निर्माणमा उपयोग गरिने जनाइएको छ ।
त्यस्तै, बाँकी १ खर्ब ८४ अर्ब रुपैयाँ भारतीय मुद्रामा आधारित सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध गराइनेछ। उक्त ऋण रकम नेपालको ऊर्जा क्षेत्रका परियोजनामा लगानी गरिने संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री शाहले मोदीसँगको पत्रकार सम्मेलनमा गरेको सम्बोधनको पूर्णपाठ
नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आग्रह
प्रधानमन्त्री शाहद्वारा भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट
नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आग्रह