

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै ५२ जना उद्योगी–व्यवसायी सहभागी हुने भएका छन् । भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय व्यापार विस्तार, नेपालमा भारतीय लगानी आकर्षित गर्ने तथा आर्थिक सहकार्यका नयाँ अवसर खोज्ने विषयमा छलफल गरिने बताइएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार नयाँदिल्लीमा आयोजना हुने नेपाल–भारत बिजनेस फोरमलाई लक्षित गरी निजी क्षेत्रको छुट्टै व्यावसायिक प्रतिनिधिमण्डल तयार गरिएको हो । भ्रमणमा सहभागी हुने उद्योगी–व्यवसायीहरूले हवाई भाडा र होटल खर्चसहित सम्पूर्ण आर्थिक दायित्व आफैँ बेहोर्नुपर्नेछ ।
प्रतिनिधिमण्डलमा विभिन्न व्यावसायिक संघ–संस्थाका पदाधिकारी, पूर्वअध्यक्ष तथा स्थापित उद्यमीहरूको सहभागिता रहनेछ । सूचीमा अञ्जन श्रेष्ठ, भवानी राणा, कृष्णप्रसाद शर्मा, डा. गोपालप्रसाद तिवारी, सुनिता न्हेमाफुकी, बटु लामिछाने, उज्ज्वल श्रेष्ठ, सागर ढकाल, निरज काफ्ले र शिवकुमार अग्रवाल समावेश छन् ।
यसैगरी वीरेन्द्रराज पाण्डे, राजेशकुमार अग्रवाल, निर्वाण चौधरी, राजबहादुर शाह, कमलेशकुमार अग्रवाल, दीपककुमार मलहोत्रा, खिमनारायण पराजुली, कुनाल कयाल, सुनिल के.सी. र करण चौधरी पनि भ्रमण टोलीमा रहनेछन्।
त्यस्तै मोहनकुमार डाँगी, गणेश कार्की, पुष्कर पौडेल, विभूषण विष्ट, पशुपतिदेव पाण्डे, अर्जुनकुमार श्रेष्ठ, शोभा गुरुङ, गोविन्दप्रसाद घिमिरे, सरोज श्रेष्ठ र रवीन्द्र शाक्य टोलीमा समेटिएका छन् । भ्रमणमा सहभागी हुने अन्य सदस्यहरूमा सुरेन्द्रकुमार उप्रेती, विनायक शाह, सागर पाण्डे, भरतजंग पाण्डे, दर्शना श्रेष्ठ, डिकिला शेर्पा लामा, बलराम गुरुङ, सचिन ढकाल, नितेश मालपानी र कल्याण गुरुङ रहेका छन् ।
सूचीको अन्त्यतिर टुकप्रसाद पौडेल, जीवनाथ लामिछाने, दिरेकलाल श्रेष्ठ, अनुप आचार्य, नरेश दास, यमुना श्रेष्ठ, विष्णुकुमार अग्रवाल, दिलिप अग्रवाल, सञ्जय काफ्ले, दीपक थापा, निकोलस पाण्डे र राजनकुमार बनको नाम समावेश गरिएको छ ।