अर्थमन्त्रीले गरे विराटनगर भन्सार आईसीपीको स्थलगत अवलोकन

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विराटनगरस्थित एकीकृत भन्सार जाँचपास चौकी (आईसीपी) को स्थलगत अवलोकन गरेका छन् ।

शुक्रबार मोरङको विराटनगरस्थित रानी पुगेर अर्थमन्त्री वाग्लेले भन्सार जाँचपास क्षेत्रको अवलोकन गरेका हुन्। सो क्रममा उनले भन्सार कार्यालयको अवस्था तथा जाँचपास प्रक्रियाबारे जानकारी लिएका थिए ।

विराटनगर भन्सार कार्यालय नेपालमा सबैभन्दा बढी राजस्व संकलन गर्ने भन्सार कार्यालयमध्ये तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै