प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। उनले आज दिउँसो ४ बजे बैठक बोलाएका हुन्। बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

यसअघि मन्त्रिपरिषद गठन भएको दिन बसेको बैठकमा सरकारले गर्ने १०० दिने कार्यसूची सार्वजनिक गरिसकेको छ । हाल त्यसलाई कार्यान्वयन गर्ने तयारीमा छ ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेको छ ।

 

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै