कांग्रेसका पूर्वसांसद चालिसेलाई ५ लाख धरौटीमा छाड्ने आदेश

काठमाडौँ ।  अवैध सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेसँग पाँच लाख रुपैयाँ धरौटी माग भएको छ । सोमबार विशेष अदालतमा उपस्थित भएका चालिसेसँग अदालतले बयान लिएपछि थुनछेक आदेश दिएको हो ।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले सो आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।

उनी गोकर्णेश्वर नगरपालिकामा पूर्वमेयरसमेत हुन्। मेयर भएकै समयमा उनले अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै