सांसदहरूलाई स्वर्णिमले भने-“सिस्टम सुधार्ने हाम्रो जिम्मेवारी हो, त्यसैले सजग रहनुपर्छ।”

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले नवनिर्वाचित सांसदहरूलाई जनताबाट प्राप्त मतलाई जिम्मेवारीपूर्वक उपयोग गर्न प्रेरित गरेका छन् ।

मंगलबारबाट सुरु भएको सांसद अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा वाग्लेले संसद्मा काम गर्दा ध्यान दिनुपर्ने विषयहरू पुन अध्ययन गर्न सांसदहरूलाई आग्रह गरेका थिए ।

उनले पार्टीका धारणाहरू र वाचापत्रको सामग्रीलाई फेरि ध्यानपूर्वक पढ्नुपर्ने बताउँदै, अध्ययनलाई “फेरि कलेज जाने जस्तो चरण” को रूपमा वर्णन गरे। वाग्लेका अनुसार, यो प्रक्रिया केही आधारभूत दस्तावेजको फ्रेमवर्कसँग जोडिएको छ र सांसदहरूले व्यक्तिगत समस्यामा होइन, प्रणाली सुधारमा ध्यान दिनुपर्छ ।

उपसभापति वाग्लेले भने, “थिति बसाल्ने संकल्प, सिस्टम सुधार र राजनीतिमा स्थायित्व ल्याउने काम हाम्रो जिम्मेवारी हो। नेपाली जनताले हामीलाई यो म्यान्डेट दिएर पठाउनुभएको छ, त्यसैले सजग रहनुपर्छ।”

उनले नयाँ सरकारको काम र संसद्मा सांसदको भूमिकामा ध्यान दिन नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिँदै भने “तपाईहरूको मुख्य जिम्मेवारी कानून निर्माण गर्नु र सरकारको कार्यको निगरानी गर्नु हो ।”

साथै, प्रत्येक सांसदले आफ्नो निर्वाचन क्षेत्रका जनताको गुनासो र मागलाई उठाउने र विकास निर्माणका गतिविधिमा ध्यान दिनुपर्ने वाग्लेले जोड दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै