चोरीका गरगहनासहित दुई जना पक्राउ

काठमाडौँ । चोरीका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा संखुवासभाको खाँदबारी नगरपालिका–९ घर भइ काठमाडौं मैतीदेवी बस्ने ३७ वर्षीय केभव देवान र पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ घर भइ रातोपुल बस्ने २६ वर्षीय कमल लिम्बु छन् । उनीहरुलाई प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

६ माघको राति १० बजेतिर सेतोपुल नजिकबाट प्रहरीले बा ६३ प ७०५५ नम्बरको स्कुटरमा सवार उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुबाट चोरीको सुनका तिलहरी, चन्द्रमा, नगद ४९ हजार ३ सय, सिरिन्ज ११ थान, लागुऔषध एम्पुल, खुर्सानीको धुलो १ प्याकेट ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै