काठमाडौँ: नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता ग्रहण गरेका १७ जना चिकित्सकहरूको लाइसेन्स (दर्ता) खारेज गरेको छ। काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै दर्ता किताबबाट उनीहरूको नाम हटाएको जानकारी दिएको हो।
नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २४ तथा नेपाल नागरिकता ऐन २०६३ को प्रावधान र काउन्सिलको निर्णयअनुसार यो कदम चालिएको हो।
खारेजीमा पर्ने चिकित्सकहरूमा डा. शर्मिला गुरुङ (हङकङ), डा. रोशन भुसाल र डा. देवराज रेग्मी (अस्ट्रेलिया), डा. निरन्जनदेव पाण्डे, डा. सुजना केसी र डा. दिपेन ढकाल (अमेरिका) रहेका छन्। त्यस्तै डा. मोती गुरुङ, डा. मेरिना गुरुङ, डा. रोजन केसी, डा. ममता गुरुङ, डा. सलुजासिंह थारु र डा. जोस्ना शाही (बेलायत) को पनि लाइसेन्स खारेज भएको छ। अन्यमा डा. राजीव हमाल (पोर्चुगल), डा. मनिपा हमाल (अमेरिका), डा. सुप्रिया शाक्य र डा. इच्छा न्यौपाने (क्यानडा) र डा. तुपार सरवजना (भारत) रहेका छन्।
