काठमाडौं । जनकपुरधामको ऐतिहासिक रङ्गभूमि मैदान १२ बिघामा सीता र रामको स्वयम्बर गरिएको छ । शुक्रबार सीता र रामको डोला फेर गरेर स्वयम्बर गरिएको हो ।
अब राम र जानकीको डोलालाई जनकपुर परिक्रमा गराइनेछ । त्यसपछि जानकी मन्दिर पुगेर राति विवाहको कार्यक्रम हुनेछ ।जनकपुरमा स्वयम्बर हेर्ने श्रद्धालुहरूको बाक्लो उपस्थिति छ । जनकपुरमा साताव्यापी विवाह पञ्चमी चलिरहेको छ ।
यसपटक प्रत्येक पाँच वर्षको अन्तरालमा भारत उत्तर प्रदेशको अयोध्याबाट साधुशन्तको जन्ती आएकाले विवाहपञ्चमी महोत्सव थप रौनक बनेको छ ।