यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई लक्की ड्रमार्फत उपहार, अन्तिम दिन प्रमुख विजेतालाई मिनी ट्रेलर दिइने

काठमाडौँ । आज मंसिर ४ देखि ६ गतेसम्म (नोभेम्बर २० देखि २२, २०८३) काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी अवलोकनकर्तालाई आकर्षक उपहार प्रदान गरिने भएको छ ।

प्रदर्शनी अवधिभर प्रत्येक दिन ५० जना अवलोकनकर्तालाई लक्की ड्रमार्फत विभिन्न कृषि सामग्री उपहार प्रदान गरिने आयोजकले जनाएको छ । लक्की ड्रबाट छनोट हुने विजेताले कृषि मेसिनरी, मल, स्प्रे, मल्चिङ प्लास्टिक, मकै छोडाउने विद्युतीय मेसिनलगायत साना कृषि औजार तथा उपकरण प्राप्त गर्नेछन् । त्यस्तै, लक्की ड्रका प्रमुख विजेतालाई प्रदर्शनीको अन्तिम दिन मिनी ट्रेलर उपहार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शक, दुई हजारभन्दा बढी कृषि यन्त्र तथा उपकरण र २०० भन्दा बढी स्टल रहने आयोजकको अपेक्षा छ । प्रदर्शनीले आधुनिक कृषि यान्त्रीकरण, नवीन प्रविधि तथा कृषि उपकरणको प्रयोग विस्तारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीमा बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयले सहआयोजकको भूमिका निर्वाह गर्नेछ ।

तीन दिनसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि, हरितगृह, शीतभण्डारणलगायत आधुनिक कृषि प्रविधि प्रदर्शन गरिनेछ । यसले किसान, कृषि उद्यमी तथा कृषि व्यवसायीलाई नवीन प्रविधिबारे जानकारी दिनुका साथै कृषि उत्पादनलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ ।

यान्त्रीकरण प्रदर्शनीमा राउटे समुदायका उत्पादनका दुई स्टल, रैथाने प्रविधिलाई प्राथमिकता

प्रदर्शनीमा राउटे समुदायका उत्पादनलाई विशेष प्राथमिकता दिइने भएको छ । प्रदर्शनीमा राउटे समुदायका स्थानीय उत्पादन तथा परम्परागत सीप र प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले दुईवटा स्टल निःशुल्क उपलब्ध गराइने आयोजकले जनाएको छ ।

नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) का अध्यक्ष कृष्ण शर्माका अनुसार प्रदर्शनीमा राउटे समुदायका उत्पादनलाई बजार तथा उपभोक्तासमक्ष पुर्‍याउने उद्देश्यले दुईवटा स्टल निःशुल्क उपलब्ध गराउन लागिएको हो । ‘कृषि यान्त्रीकरणको प्रवर्द्धनसँगै हाम्रो रैथाने सीप, प्रविधि र स्थानीय उत्पादनको संरक्षण तथा प्रवर्द्धन पनि उत्तिकै महत्त्वपूर्ण छ । त्यसैले राउटे समुदायका उत्पादनलाई प्रदर्शनीमा स्थान दिन दुईवटा स्टल निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छौँ,’ शर्माले भने ।

राउटे समुदायलाई प्रदर्शनीमा सहभागी गराउन ‘सोसेक नेपाल’ नामक संस्थाले नेतृत्व तथा समन्वय गर्नेछ । संस्थाको पहलमा राउटे समुदायका प्रतिनिधिहरूलाई प्रदर्शनीमा ल्याई उनीहरूले उत्पादन गरेका परम्परागत तथा स्थानीय सामग्री प्रदर्शन र बिक्रीका लागि राखिनेछ । यसबाट राउटे समुदायको मौलिक सीप, संस्कृति र उत्पादनलाई व्यापक पहिचान दिलाउनुका साथै बजारसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कृषि यन्त्र र आधुनिक प्रविधिको प्रदर्शनमा केन्द्रित प्रदर्शनीमा रैथाने प्रविधि तथा परम्परागत उत्पादनलाई समेत समेटिनुलाई आयोजकले महत्त्वपूर्ण पक्षका रूपमा लिएको छ । आधुनिक कृषि प्रविधि र परम्परागत ज्ञान तथा सीपबीचको सम्बन्ध स्थापित गर्दै कृषि क्षेत्रको विविधता र मौलिकताको प्रवर्द्धन गर्ने उद्देश्य यस पहलले राखेको छ ।

कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजना तथा बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको सहआयोजनामा प्रदर्शनी हुन लागेको हो ।

‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शक, दुई हजारभन्दा बढी कृषि यन्त्र तथा उपकरण र २०० भन्दा बढी स्टल रहने आयोजकको अपेक्षा छ । तीन दिनसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा ५० हजारभन्दा बढी दर्शक सहभागी हुने अनुमान गरिएको छ ।

प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि, हरितगृह, शीतभण्डारणलगायत आधुनिक कृषि प्रविधि प्रस्तुत गरिनेछ । यसले किसान, कृषि उद्यमी तथा व्यवसायीलाई नवीन प्रविधिबारे जानकारी दिनुका साथै कृषि उत्पादनलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै