विश्वकपमा आज तीन खेल: अन्तिम खेलमा पाकिस्तान र अमेरिका भिड्दै

काठमाडौँ । आईसीसी टी-२० विश्वकप अन्तर्गत मंगलबार तीन खेल हुँदैछन् । समूह ‘ए’ का दुई र समूह ‘डी’ को एक गरेर मंगलबार तीन खेल हुन लागेका हुन् । पहिलो खेलमा बिहान ११ बजेर १५ मिनेट जाँदा नेदरल्यान्डस र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नामिबिया पहिलो खेल खेल्दैछ भने नेदरल्यान्ड्स पहिलो खेलमा पराजित भएको टिम हो । पहिलो खेलमा नेदरल्यान्डस पाकिस्तानसँग तीन विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा न्युजिल्यान्ड र यूएई भिड्दैछन् । यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । न्युजिल्यान्ड पहिलो खेलमा विजयी भएको टिम हो भने यूएई पहिलो खेल खेल्दैछ । न्युजिल्यान्डले पहिलो खेलमा अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेको छ ।

मंगलबारको अन्तिम खेलमा पाकिस्तान र अमेरिका भिड्दैछन् । यो खेल साँझ ७ बजेर १५ मिनेटमा सुरु हुनेछ । प्रतियोगितामा दोस्रो खेल खेल्न लागेका अमेरिका र पाकिस्तान दुवै जित्नुपर्ने दबाबमा छन् । पहिलो खेलमा भारतसँग २९ रनले पराजित भएको अमेरिका पहिलो जितको खोजीमा छ भने पहिलो खेलमा नेदरल्यान्डसलाई तीन विकेटले हराएको पाकिस्तान अर्को जितको खोजीमा छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै