काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ हजार १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ४ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार सो सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा २४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।