काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर महँगो भएको हो ।
महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य ३ लाख ५ हजार ५०० रुपैयाँ तोकिएको छ । सोमबार सुन प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य बढे पनि चाँदीको मूल्यमा भने सामान्य गिरावट देखिएको छ । सोमबार प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर ५ हजार २४० रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा तीव्र वृद्धि भइरहेको छ । आज विश्व बजारमा सुन प्रतिऔँस ५,०२९ डलर पुगेको छ भने चाँदी प्रतिऔँस ८१ डलर आसपासमा कारोबार भइरहेको छ ।
विश्वव्यापी आर्थिक अनिश्चितता र केन्द्रीय बैंकहरूको सुन सञ्चिति बढाउने नीतिका कारण मूल्यमा चाप परेको विश्लेषण गरिएको छ ।