नेपालको सुरक्षा स्थितिमा सुधार: अमेरिकाले घटायो ‘ट्राभल एड्भाइजरी’ को जोखिम स्तर

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकका लागि जारी गर्दै आएको यात्रा सम्बन्धी चेतावनी (ट्राभल एड्भाइजरी) को जोखिम स्तर घटाएको छ । नेपालको सुरक्षा स्थितिमा सुधार आएको विश्लेषण गर्दै अमेरिकी विदेश मन्त्रालयले जोखिम स्तरलाई ‘लेभल २’ (अतिरिक्त सतर्कता अपनाउनुपर्ने) मा झारेको हो ।

सुरक्षा वातावरण स्थिर रहेको निष्कर्ष

अमेरिकी सरकारले मंगलबार अद्यावधिक गरेको प्रतिवेदनअनुसार सन् २०२५ सेप्टेम्बरदेखि देशका विभिन्न भागमा भएका प्रदर्शनहरू हाल रोकिएका छन् । समग्र सुरक्षा वातावरण पहिलेको तुलनामा स्थिर र सामान्य बन्दै गएकाले जोखिमको तह घटाइएको सूचनामा उल्लेख छ ।

सतर्कताका लागि सुझाव

जोखिमको स्तर घटाइए तापनि अमेरिकी नागरिकलाई पूर्ण रूपमा ढुक्क हुन भने भनिएको छैन। सूचनाका मुख्य बुँदाहरू यस प्रकार छन्:

अचानक प्रदर्शनको सम्भावना: सहरी क्षेत्रहरूमा पूर्वसूचना बिना नै सानातिना प्रदर्शन वा स्थानीय अशान्ति उत्पन्न हुन सक्ने र ती हिंसात्मक बन्न सक्ने सम्भावना अझै कायमै छ ।

भिडभाडबाट टाढा रहन आग्रह: आफ्ना नागरिकलाई ठूला प्रदर्शन वा भिडभाड हुने स्थानबाट टाढा रहन र स्थानीय सुरक्षा निकायका निर्देशनहरू पालना गर्न सुझाव दिइएको छ ।

निरन्तर निगरानी: सुरक्षा स्थितिमा आउन सक्ने फेरबदललाई ध्यानमा राख्दै यात्रा गर्नुअघि स्थानीय समाचार र आधिकारिक सूचनाहरू फलो गर्न भनिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै