काठमाडौँ । यामाहा नेपालले हालै सार्वजनिक गरेको FZS FI Hybrid मोटरसाइकलले ग्राहकहरूबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाएको छ । अत्यधिक मागका कारण नेपालको पहिलो हाइब्रिड मोटरसाइकल आधिकारिक लन्च भएको एक हप्तामै मोडलका सबै युनिट बिक्री भएका छन् ।
हालै प्रस्तुत गरिएको FZ-S Hybrid ले नेपालमा हाइ-टेक इनोभेसन सहितका नयाँ पुस्ताको मोटरसाइकलिङ भित्र्याएको छ । देशकै पहिलो हाइब्रिड मोटरसाइकलका रूपमा लन्च भएको यो मोडललाई प्रदर्शन र दक्षता सँगसँगै अघि बढ्ने भविष्य तर्फको महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।
FZ लिगेसीमा आधारित यस मोडललाई पावर, सुधारिएको इन्धन दक्षता र कम उत्सर्जनबीच सन्तुलन कायम गर्ने गरी डिजाइन गरिएको छ। यसले बढ्दो इन्धन मूल्य र शहरी ट्राफिक जस्ता मुख्य चुनौतीहरूलाई सम्बोधन गर्दछ ।
उन्नत प्रविधिबाट सुसज्जित नयाँ FZ Hybrid ले चर्चित FZ लिगेसीलाई निरन्तरता दिँदै थप शक्तिशाली प्रदर्शन, स्मार्ट कार्यक्षमता र उत्कृष्ट इन्धन दक्षता प्रदान गर्दछ, जसले यसलाई नेपालकै सबैभन्दा बढी माइलेज दिने मोटरसाइकल बनाएको छ ।
प्रविधिप्रति बढ्दो आकर्षण र राइडरहरूको आजको माइलेज आवश्यकतालाई ध्यानमा राख्दा, यस मोटरसाइकलले प्राप्त गरेको प्रतिक्रिया अत्यन्तै सकारात्मक देखिएको छ, जसले छोटो समयमै यसले बलियो बजार स्वीकार्यता प्राप्त गरेको प्रमाणित गरेको छ ।
यो उल्लेखनीय सफलतापछि यामाहा नेपालले FZS FI Hybrid को अर्को ब्याचका लागि प्रि-बुकिङ खुला गरिएको आधिकारिक रूपमा घोषणा गरेको छ। ग्राहकहरूले प्रि-बुकिङ प्रक्रियासम्बन्धी जानकारी यामाहाका आधिकारिक सामाजिक सञ्जाल टफर्महरू तथा देशभरका अधिकृत डिलरमार्फत प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले उच्च मागलाई ध्यानमा राख्दै नयाँ स्टक चाँडै उपलब्ध गराइने र इच्छुक ग्राहकहरूलाई समयमै डेलिभरी सुनिश्चित गरिने जनाएको छ।
यस उपलब्धिबारे बोल्दै यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भने, “आजको राइडिङ वातावरणमा प्रविधि र माइलेजको महत्व बढिरहेको सन्दर्भमा प्राप्त प्रतिक्रियाहरू अत्यन्तै उत्साहजनक छन् । यसले यामाहाको दृष्टिकोण र उत्पादनप्रति ग्राहकहरूले देखाएको विश्वासलाई प्रतिबिम्बित गर्दछ। हामी ग्राहकहरूको विश्वास र साथप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।” उनले कम्पनी नेपाली राइडरहरूको बदलिँदो आवश्यकता अनुसार नवीन र व्यवहारिक यातायात समाधानहरू ल्याउन प्रतिबद्ध रहने पनि बताए ।