टेक्नोलोजी र ग्राहकको विश्वासमा केन्द्रित हुँदै हुन्डाई नेपाल

काठमाडौँ । हुन्डाई नेपालले २०२६ मा प्रवेश गर्दै आफूलाई नेपालकै सबैभन्दा विश्वासिलो र प्रगतिशील अटोमोबाइल ब्रान्डमध्ये एकका रूपमा अझ मजबुत बनाउँदै लगेको छ।

ग्राहकको विश्वास, स्मार्ट मोबिलिटी र दीर्घकालीन मूल्य सिर्जनामा केन्द्रित रहँदै हुन्डाई नेपालले नयाँ वर्षको सुरुवात गरेको हो । देशभर फैलिएको डिलर तथा सेवा सञ्जालका कारण हुन्डाई नेपाल नेपाली घर–घरमा परिचित नाम बनेको छ । विश्वसनीयता, सुरक्षा र निश्चिन्त यात्राका लागि हजारौँ नेपाली परिवारले हुन्डाईलाई रोज्दै आएका छन् ।

साना ह्याचब्याकदेखि प्रिमियम एसयूभी र विद्युतीय सवारीसाधनसम्म, हुन्डाईको विविध मोडलले जीवनका हरेक चरणका लागि उपयुक्त विकल्प प्रदान गरेको छ । विगतका वर्षहरूमा हुन्डाई नेपालले नेपालको आधुनिक अटोमोबाइल संस्कृतिको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।

अन्तर्राष्ट्रिय स्तरका मोडलहरूलाई नेपाली सडक र अवस्थाअनुसार अनुकूलन गर्दै ल्याउनुका साथै, बिक्रीपछिको सेवा, जेन्युइन पाट्र्स र दक्ष प्राविधिकमा निरन्तर लगानी गर्दै आएको छ । नेपाल स्वच्छ र स्मार्ट मोबिलिटीको दिशातर्फ अघि बढिरहेको सन्दर्भमा, हुन्डाई नेपाल विद्युतीय सवारी प्रवद्र्धनमा अग्रपंक्तिमा रहँदै आएको छ । क्रेटा ईभी र कोना इलेक्ट्रिक जस्ता मोडलमार्फत प्रदर्शन, किफायतीपन र दिगोपनको उत्कृष्ट सन्तुलन ग्राहकलाई प्रदान गरिएको छ ।

२०२६ का लागि ब्रान्डको दिशा बारेमा हुन्डाई नेपालका एक प्रतिनिधिले भने,हुन्डाई नेपाली ग्राहकका लागि केवल कार ब्रान्ड मात्र होइन, दीर्घकालीन मोबिलिटी साझेदार हो। नयाँ वर्षसँगै हामी प्रत्येक हुन्डाई परिवारलाई उन्नत प्रविधि, भरपर्दो स्वामित्व अनुभव र वास्तविक मूल्य प्रदान गर्न प्रतिबद्ध छौँ।”

नवप्रवर्तन, सुरक्षा र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्दै, हुन्डाई नेपाल २०२६ र त्यसपछि पनि नेपाली सडकमा आत्मविश्वास र प्रगतिलाई निरन्तर अघि बढाउँदै जाने तयारीमा छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै