काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले अङ्ग्रेजी नयाँवर्ष २०२६ को अवसरमा ग्राहकहरूका लागि विशेष ‘न्यूइयर बिग स्विच’अभियान सार्वजनिक गरेको छ ।
जनवरी १५ देखि १८ तारिख (माघ १ देखि ४ गते) सम्म सञ्चालन हुने यस चार दिने विशेष अभियानमार्फत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू साटेर टाटाका अत्याधुनिक सवारी साधनहरूमा अपग्रेड गर्ने उत्कृष्ट अवसर प्राप्त गर्नेछन् ।
यस ‘बिगस्विच’अभियानको मुख्य उद्देश्य ग्राहकलाई आफ्नो पुरानो गाडीको ‘उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन’ उपलब्ध गराउँदै नयाँ सवारीको अनुभव दिलाउनु रहेको छ । योजना अवधिभर टाटाका गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले आकर्षक उपहारहरू प्राप्त गर्नेछन् भने आकरश क नगद छुटको सुविधासमेत उपलब्ध गराइएको छ ।
विशेष गरी विद्युतीय सवारी साधन (ईभी) प्रति रुचि राख्ने ग्राहकहरूका लागि कम्पनीले आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ र निःशुल्क होम चार्जिङ जडान जस्ता विशेष सहुलियतहरू प्रदान गरेको छ ।
यसका साथै नयाँ गाडी खरिद गर्दा ग्राहकले एकवर्षको सवारीकर छुट र निःशुल्क एसेसोरिज जस्ता सुविधाहरू समेत पाउने छन् ।