काठमाडौँ । नेपालको अटोमोबाइल बजारमा एक अग्रणी र प्रतिष्ठित ब्रान्डको रूपमा स्थापित हुण्डाई नेपालले सन् २०२६ को सुरुवातसँगै ग्राहकको विश्वास, स्मार्ट मोबिलिटी र दीर्घकालीन मूल्यलाई मुख्य प्राथमिकतामा राख्दै नयाँ यात्राको घोषणा गरेको छ।
हुण्डाई नेपाल (लक्ष्मी इन्टरकन्टिनेन्टल) ले देशभर फैलिएको आफ्नो बलियो डिलर र सर्भिस नेटवर्कमार्फत नेपाली परिवारहरूको मन जित्न सफल भएको छ । कम्पनीले हाल ह्याचब्याकदेखि प्रिमियम एसयूभी र अत्याधुनिक विद्युतीय सवारी साधन (ईभी) सम्मका विविध मोडलहरू उपलब्ध गराउँदै आएको छ ।
हुण्डाईले केवल गाडी बिक्री मात्र नगरी नेपालको सडक र अवस्था सुहाउँदो विश्वस्तरीय मोडलहरू भित्र्याउनुका साथै ‘मेड इन नेपाल’ अभियानलाई पनि तीव्रता दिएको छ । नवलपरासीमा स्थापित एसेम्बली प्लान्टमार्फत स्थानीय स्तरमा उत्पादन सुरु हुनुले ब्रान्डप्रति नेपाली ग्राहकको भरोसा थप बढेको छ ।
सफा र हरित यातायाततर्फको यात्रामा हुण्डाई नेपाल सधैँ अगाडि रहँदै आएको छ। कम्पनीले क्रेटा ईभी र काेना इलेक्ट्रिक जस्ता लोकप्रिय मोडलहरूमार्फत कार्यक्षमता, सस्तो सञ्चालन खर्च र दिगो भविष्यको सन्तुलन मिलाएको छ । सन् २०२६ मा पनि चार्जिङ स्टेशनको विस्तार र गुणस्तरीय ‘आफ्टर सेल्स’ सर्भिसलाई थप प्रभावकारी बनाउने लक्ष्य लिइएको छ ।
सन् २०२६ को दिशा निर्देशबारे हुण्डाई नेपालका प्रवक्ताले भने, “हुण्डाई नेपाली ग्राहकका लागि केवल एउटा कार ब्रान्ड मात्र नभएर एक दीर्घकालीन यात्राको सहयात्री हो। नयाँ वर्षको प्रवेशसँगै हाम्रो ध्यान हरेक हुण्डाई परिवारलाई अत्याधुनिक प्रविधि, भरपर्दो स्वामित्व र अर्थपूर्ण मूल्य प्रदान गर्नमा केन्द्रित रहनेछ।”
नवाचार, सुरक्षा र ग्राहक सन्तुष्टिलाई आफ्नो मुल मन्त्र मान्दै हुण्डाई नेपाल सन् २०२६ मा नेपाली सडकहरूमा थप आत्मविश्वास र प्रगतिका साथ अघि बढ्न तयार देखिएको छ ।