सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद पार्क नजिकैको जङ्गलमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन् । आज बिहान मर्निङ वाकमा निस्किएका स्थानीय बासिन्दाले शव देखेका थिए ।
घटनाको प्रकृति शंकास्पद फेला परेका शवहरू एकै ठाउँमा नभई केही मिटरको दूरीमा भेटिएका छन् । दुई शव फरक–फरक स्थानमा देखिनुले घटनालाई थप शंकास्पद बनाएको छ। स्थानीयले खबर गरेलगत्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ ।
प्रहरी के भन्छ ?
जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता श्यामप्रकाश यादवले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन् । मृतकहरूको पहिचान खुल्न अझै बाँकी छ र उनीहरू त्यहाँ कसरी पुगे भन्नेबारे प्रहरीले खोजी गरिरहेको छ ।
सुर्खेतको प्रमुख पर्यटकीय स्थल सहिद पार्क नजिकै भएको यो घटनाले अहिले स्थानीय क्षेत्रमा त्रास र अन्योल सिर्जना गरेको छ।