काठमाडौँ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा दुवैमा गिरावट आएको छ ।
चालू आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा कम्पनीले ८१ लाख ९८ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको १ करोड ४ लाख रुपैयाँको तुलनामा २१.३२ प्रतिशत कम हो । आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि ४५.४४ प्रतिशतले घटेर २५ लाख ४४ हजार रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा २३.७३ प्रतिशत र सञ्चालन मुनाफा २९.३३ प्रतिशत घटेको छ । नाफामा आएको गिरावटका कारण प्रतिशेयर आम्दानी (EPS) ७ रुपैयाँ ७१ पैसा घटेर ७ रुपैयाँ ५९ पैसामा झरेको छ ।
चुक्ता पूँजी १३ करोड ४० लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ५ करोड ३ लाख रुपैयाँ सञ्चित रहेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ४५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३०.४ गुणा छ ।