सानिमा माई हाइड्रोपावरको बुकक्लोज मिति तय, लाभांश बिना नै साधारण सभा हुने

काठमाडौँ । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले यस वर्ष लाभांश नदिने निर्णय गरेको हो ।

लाभांश प्रस्ताव बिना नै कम्पनीले आगामी चैत २९ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बुक क्लोज सम्बन्धी जानकारी

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी चैत १२ गते एक दिनका लागि ‘बुक क्लोज’ गर्ने निर्णय गरेको छ । यसअनुसार चैत ११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण, वासलात तथा नाफा-नोक्सान हिसाब लगायतका एजेन्डाहरू साधारण सभामा पेश गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै