काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज (२०८३ वैशाख ७ गते) आफ्नो स्थापनाको १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको छ । २०६४ वैशाख ७ गते २० औँ वाणिज्य बैंकका रूपमा स्थापना भएको यस बैंकले उत्कृष्ट वित्तीय सेवा पुर्याउँदै आफ्नो वार्षिकोत्सव भव्य रूपमा मनाएको हो ।
१९ वर्षको वित्तीय यात्रा र उपलब्धि
बैंकले यस अवधिमा देशभर २० लाख ११ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ। हालसम्म बैंकको वित्तीय अवस्था यस्तो छ:-
निक्षेप संकलन: करिब २ खर्ब १६ अर्ब रुपैयाँ (चालु आवको तेस्रो त्रैमाससम्म)।
कर्जा परिचालन: १ खर्ब ७७ अर्ब रुपैयाँ ।
सञ्जाल: ७ वटै प्रदेशमा आफ्नै भवनबाट प्रादेशिक कार्यालय, २०० शाखा, १६९ एटीएम र ४२ शाखारहित बैंकिङ इकाइ।
सामाजिक उत्तरदायित्व र उत्सव
वार्षिकोत्सवका अवसरमा बैंकले देशभर विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गरेको छ:-
प्रभातफेरी: सातवटै प्रदेशमा ९४६ कर्मचारीको सहभागितामा वित्तीय साक्षरताका लागि प्रभातफेरी निकालिएको छ।
रक्तदान: नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा २० शाखाहरूबाट ५५० जनाको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य शिविर: कोशी, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम तथा विभिन्न शाखाहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ५०० जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको छ।
प्रविधिमा नयाँ फड्को
बैंकले आफ्नो सेवालाई थप आधुनिक बनाउन मोबाइल बैंकिङमार्फत अनलाइन KYC अद्यावधिक गर्ने सुविधा सुरु गरेको छ । साथै, नेपालमै पहिलो पटक RAPID API आधारित बैंकिङ प्रणालीको सुरुवात गरी व्यावसायिक ग्राहकका लागि ‘रियल टाइम’ ब्यालेन्स जाँच र स्टेटमेन्ट हेर्न सकिने व्यवस्था गरेको छ । ‘फोनपे पेमेन्ट सर्भिस’ सँगको सहकार्यमा साना तथा मझौला र कर्पोरेट ग्राहकका लागि “Fonepay Corporate Solutions” पनि सञ्चालनमा ल्याएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४ र २०२५’ बाट सम्मानित यस बैंकले आगामी दिनमा अझ सुरक्षित र प्रविधिमैत्री सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ ।