काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (पुस १६ गते) फेरि २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दैछ । यसअघि गत सोमबार मात्रै २५ अर्बकै ऋणपत्र जारी गरेको केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि पुनः अर्को ऋणपत्र ल्याएको हो ।
बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ख’ जारी गर्न लागेको हो । यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र आवेदन दिन पाउनेछन्।
ऋणपत्रका मुख्य बुँदाहरू:
अवधि: १ वर्ष (साँवा भुक्तानी २०८३ पुस १६ गते हुनेछ)।
ब्याजदर: बोलकबोल (Bidding) बाट तय गरिनेछ र ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ।
समय: आज मध्याह्न २ बजेसम्म अनलाइनमार्फत बोलकबोल हुनेछ।
लगानी सीमा: न्यूनतम ५ करोड रुपैयाँ र अधिकतम ५ करोडले भाग जाने गरी कुल रकमसम्म।
यो ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंक वा अन्य बैंकमा धितोका रूपमा समेत प्रयोग गर्न सक्छन्।