काठमाडौँ । नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नरहरू नीलम ढुंगाना र बमबहादुर मिश्रले आफ्नो ५ वर्षे कार्यकाल पूरा गरी आज (फागुन २४ गते) देखि अनिवार्य अवकाश पाएका छन् । २०७७ फागुन २५ गते नियुक्त भएका उनीहरूको बहिर्गमनसँगै केन्द्रीय बैंकमा दोस्रो वरीयताका दुवै पद रिक्त भएका हुन् ।
नियुक्ति प्रक्रिया र योग्यता
नेपाल राष्ट्र बैंक ऐनअनुसार, डेपुटी गभर्नर पदमा नियुक्त हुनका लागि राष्ट्र बैंककै कार्यकारी निर्देशक (Executive Director) पदमा कार्यरत हुनुपर्ने अनिवार्य व्यवस्था छ ।
नियुक्ति कसरी हुन्छ ?
१. गभर्नरले बहालवाला कार्यकारी निर्देशकहरूमध्येबाट कार्यक्षमताका आधारमा रिक्त पदको दोब्बर संख्या (अर्थात् ४ जना) को नाम सिफारिस गर्छन् ।
२. गभर्नरको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्नेछ।
प्रतिस्पर्धामा रहेका १८ कार्यकारी निर्देशकहरू
हाल राष्ट्र बैंकमा कार्यरत १८ जना कार्यकारी निर्देशकहरू नै डेपुटी गभर्नरका लागि सम्भावित उम्मेदवार हुन् । उनीहरूको नामावली यसप्रकार छ:
| क्र.सं. | कार्यकारी निर्देशकको नाम | क्र.सं. | कार्यकारी निर्देशकको नाम |
| १ | नरेश शाक्य | १० | डा. रामशरण खरेल |
| २ | रेवती नेपाल | ११ | डा. डिल्लीराम पोखरेल |
| ३ | रामु पौडेल | १२ | दीर्घबहादुर रावल |
| ४ | विश्रुत थापा | १३ | निश्चल अधिकारी |
| ५ | दयाराम शर्मा | १४ | अनुज दाहाल |
| ६ | गुरुप्रसाद पौडेल | १५ | दीपकराज लामिछाने |
| ७ | किरण पण्डित | १६ | राजनविक्रम थापा |
| ८ | डा. सत्येन्द्र तिमल्सिना | १७ | राजेन्द्र भट्टराई |
| ९ | चेतप्रसाद उप्रेती | १८ | रोशनकुमार सिग्देल |
दुई पद रिक्त भएसँगै गभर्नर विश्व पौडेलले चाँडै नै चार जना योग्य कार्यकारी निर्देशकहरूको नाम सरकारलाई सिफारिस गर्ने तयारी गरेका छन् । नयाँ नियुक्त हुने डेपुटी गभर्नरहरूले मौद्रिक नीति कार्यान्वयन, बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरिवेक्षण जस्ता महत्त्वपूर्ण विभागहरूको नेतृत्व सम्हाल्नेछन् ।