संस्थापक सेयर कारोबारमा राष्ट्र बैंकले गर्यो नयाँ सहज व्यवस्था लागू

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयर खरिद–बिक्रीसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । संशोधित व्यवस्था अनुसार इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीको २ प्रतिशत वा सोभन्दा कम सेयर धारण गरेका संस्थापक सेयरधनीहरूले सेयर खरिद–बिक्री गर्दा अब राष्ट्र बैंकलाई जानकारी गराइरहनु नपर्ने भएको छ ।

राष्ट्र बैंकले जारी गरेको परिपत्रअनुसार संस्थापक सेयर खरिद गर्ने नयाँ संस्थापक लगानीकर्ताले भने बैंकले तोकेको मापदण्ड तथा ‘फिट एण्ड प्रपर टेस्ट’ सम्बन्धी प्रावधान अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ। यसले संस्थापक संरचनामा पारदर्शिता र विश्वसनीयता कायम राख्ने लक्ष्य लिएको राष्ट्र बैंकको भनाइ छ ।

यद्यपि, २ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका संस्थापक सेयरधनीहरूले आफ्नो सेयर खण्डीकरण गरी दुई प्रतिशत वा सोभन्दा कम बनाएर उक्त सुविधा उपयोग गर्न नपाउने स्पष्ट व्यवस्था गरिएको छ। यसले नियम दुरुपयोग रोक्ने उद्देश्य राखेको देखिन्छ ।

यसअघि संस्थापक सेयरधनीको नाममा रहेको सेयर खरिद–बिक्रीका लागि राष्ट्र बैंकको पूर्व स्वीकृति अनिवार्य थियो। नयाँ संशोधनपछि सीमित सेयर स्वामित्व भएका संस्थापकहरूका लागि सेयर कारोबार प्रक्रिया सहज र लचिलो हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै