उपसभामुख रुविकुमारी ठाकुर अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । संघीय संसद्की उपसभामुख रुविकुमारी ठाकुर स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट घर फर्किएकी छन् । ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत उनी स्वास्थ्य अवस्था सामान्य बनेपछि आज घर फर्किएकी हुन् ।

मधुमेह (डायबिटिज) सम्बन्धी समस्या देखिएपछि उपसभामुख ठाकुर गत बुधबार अस्पताल भर्ना भएकी थिइन् । उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको र चिकित्सकहरूले केही दिन घरमै आराम गर्न सल्लाह दिएको उनका स्वकीय सचिव तारा राईले जानकारी दिइन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै