माछापुच्छ्रे बैंकको नाफा र लाभांश क्षमतामा उल्लेख्य सुधार, खराब कर्जा पनि घट्यो

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले नाफा, लाभांश क्षमता र खराब कर्जा नियन्त्रण जस्ता मुख्य सूचकहरूमा निकै राम्रो प्रगति गरेको देखिएको छ।

लाभांश क्षमतामा ७.८१ प्रतिशत पुग्यो
बैंकको लाभांश वितरण गर्ने क्षमतामा अघिल्लो वर्षको तुलनामा ठूलो सुधार आएको छ। गत वर्षको चैत मसान्तसम्म मात्र ०.३६ प्रतिशत रहेको लाभांश क्षमता यस वर्ष बढेर ७.८१ प्रतिशत पुगेको छ। यस्तै, बैंकको वितरणयोग्य मुनाफा पनि ९७७ प्रतिशतको वृद्धिसँगै ७६ करोड २२ लाख रुपैयाँ कायम भएको छ ।

नाफामा ५० प्रतिशतको उछाल
बैंकको मुख्य आम्दानी (खुद ब्याज आम्दानी) ४ अर्ब २५ करोडबाट बढेर ४ अर्ब ३९ करोड रुपैयाँ पुगेसँगै खुद नाफामा सकारात्मक प्रभाव परेको हो।
खुद नाफा: १ अर्ब ६५ करोड रुपैयाँ (गत वर्ष १ अर्ब १० करोड थियो)।
प्रतिसेयर आम्दानी (EPS): १८.३० रुपैयाँ (गत वर्ष १२.१६ रुपैयाँ)।

खराब कर्जा र लागत व्यवस्थापन
बैंकिङ क्षेत्रमा खराब कर्जा (NPL) चुनौती बनिरहेका बेला माछापुच्छ्रेले यसलाई घटाउन सफल भएको छ।
खराब कर्जा (NPL): ४.५९ प्रतिशतबाट घटेर ४.०१ प्रतिशतमा झरेको छ।
कस्ट अफ फण्ड: ४.४२ प्रतिशतबाट घटेर ३.४० प्रतिशत कायम भएको छ।

व्यवसाय विस्तार
बैंकको निक्षेप सङ्कलन र कर्जा प्रवाह दुवैमा वृद्धि भएको छ:
निक्षेप सङ्कलन: १ खर्ब ८४ अर्बबाट बढेर २ खर्ब १३ अर्ब रुपैयाँ।
कर्जा प्रवाह: १ खर्ब ४१ अर्बबाट बढेर १ खर्ब ५९ अर्ब रुपैयाँ।

अन्य मुख्य वित्तीय सूचकहरू
प्रतिसेयर नेटवर्थ: १६८.१० रुपैयाँ
मूल्य–आम्दानी अनुपात (P/E Ratio): १३.७७ गुणा
बेस रेट: ५.१९ प्रतिशत
रिटर्न अन इक्विटी (ROE): १०.९० प्रतिशत
तरलता अनुपात: ३१.८७ प्रतिशत

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै