काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली उपचारपश्चात अस्पतालबाट घर फर्किएका (डिस्चार्ज) छन् ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचार गराइरहेका उनी शनिबार साँझ उपचारपश्चात घर फर्किएका अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले जानकारी दिए । शल्यक्रियापछि अध्यक्ष ओली चिकित्सकको निगरानीमा रहेका थिए ।
उनको शल्यक्रियापछि घरमा नै आराम गर्न चिकित्सकले सुझाव दिएको अस्पतालमा प्रवक्ता डा. सेढाईंले बताए । गत चैत ३० गते अध्यक्ष ओलीको पित्त थैलीको शल्यक्रिया गरी पत्थरी निकालीएको थियो । गत चैत १४ गते अध्यक्ष ओली अस्पताल भर्ना भएका थिए ।