गगनको पक्षमा सर्वोच्चको फैसला, टुङ्गियो कांग्रेसको विवाद

काठमाडौँ । भृकुटी मण्डपमा विशेष महाधिवेशन गरेर गगन थापाको नेतृत्वमा कार्यसमिति गठन गर्ने प्रक्रियालाई सर्वोच्च न्यायालयले पनि अनुमोदन गरिदिएको छ ।

सर्वोच्च अदालतले शुक्रबार नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा फैसला सुनाएको छ । उक्त फैसलाले थापा नेतृत्वको नयाँ कार्यसमिति धिकारिकता प्रदान गर्ने निर्वाचन आयोग नेपालको निर्णय सदर गरेको हो ।

न्यायाधीशहरु शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई कानुनसम्म ठहर्‍याएको छ ।

योसँगै नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काद्वारा निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्चमा दायर रिट खारेज भएको छ ।

सर्वोच्चको निर्णयले विशेष महाधिवेशनलाई मान्यता दिन नहुने शेरबहादुर देउवा समूहको माग अस्विकृत भएको हो । साथै गगनको सभापतित्वमा गठित कार्यसमितिले पूर्णतः वैधानिकता प्राप्त गरेको छ ।

अब शेरबहादुर देउवा समूहका नेताहरू या त गगन समूहसँग मिलेर जाने, नभए नयाँ पार्टी गठन गर्नेतर्फ लाग्नुपर्ने हुन्छ। अथवा ठूलो समूहमन्त्री नेताहरूले ‘सामूहिक अवकाश’ पनि लिन सक्नेछन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै