म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक अमोरिम बर्खास्त

काठमाडौँ । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक रुबेन अमोरिमलाई बर्खास्त गरेको छ । योसँगै उनी १ वर्ष २ महिनाको प्रशिक्षणपछि मुख्य प्रशिक्षकको भूमिकाबाट टाढिएका छन् ।

उनी सन् २०२४ को नोभेम्बरमा युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। गत मेमा उनको प्रशिक्षणमा टोलीले बिल्बाओमा भएको यूईएफए युरोपा लिगको फाइनल खेलेको थियो ।

अहिले युनाइटेड प्रिमियर लिगको छैठौँ स्थानमा छ। क्लबले जारी गरेको विज्ञप्तिमा क्लबको नेतृत्व बदल्ने यो नै उपयुक्त समय भएको उल्लेख छ । अहिले नेतृत्व बदलिँदा यस सिजनमा क्लबले राम्रो स्थानमा रहेर लिग सकाउने युनाइटेडको अपेक्षा छ ।

क्लबले अमोरिमलाई योगदानका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना व्यक्त गरेको छ । उनको बहिर्गमनसँगै ड्यारेन फ्लेचरले बुधबार बर्न्लीविरुद्धको खेलमा प्रशिक्षकको भूमिका निर्वाह गर्ने भएका छन् ।

उनले क्लब म्यानेजरको रुपमा ६३ खेल खेलाए। तर तीमध्ये आधा खेलमा युनाइटेड जितविहीन रह्यो। उनको नाममा २४ जित, १८ बराबरी र २१ पराजय रहेको छ। समग्रमा उनको जित दर ३८.१ प्रतिशत रहेको छ। गत सिजनमा युनाइटेड १५औँ स्थानमा रहन पुगेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै