कृषि मन्त्री
चौधरी आफैं स्कुटर चलाएर मासु पसल निरीक्षणमा

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी आफैं स्कुटर चलाएर मासु पसल तथा कोल्ड स्टोरेजको निरीक्षणमा पुगेकी छन् । मन्त्री चौधरीले बिहीबार काठमाडौंको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गरेकी हुन् ।

मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षाको अवस्था बुझ्न गरिएको अनुगमनका क्रममा मन्त्री चौधरीले कोल्ड स्टोरेजमा भण्डारण गरिएको मासुको अवस्था, सरसफाइ, स्वच्छता तथा खाद्य सुरक्षा मापदण्डको पालनाबारे निरीक्षण गरेकी थिइन् ।

मंसिर १ गतेदेखि कार्यान्वयनमा आएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयन अवस्थाबारे जानकारी लिन अनुगमन गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्री चौधरीले उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन तथा निर्धारित मापदण्डको कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएकी छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै