नयाँ संसद भवनमा ‘जेनजी’ सहिदको सालिक राखिने, गुरुयोजना संशोधन गरी काम अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन संघीय संसद भवन परिसरमा ‘जेनजी’ आन्दोलनका सहिदहरूको सालिक राख्ने कार्यलाई तीव्रता दिन निर्देशन दिएकी छिन् ।

प्रधानमन्त्री कार्कीले आज सिंहदरबारमा सम्बन्धित मन्त्री र उच्चाधिकारीहरूलाई बोलाएर सालिक निर्माणको प्रगतिबारे छलफल गरेकी हुन् । सो अवसरमा उनले संसद भवनको मौजुदा गुरुयोजना संशोधन गरेरै भए पनि सहिदहरूको सम्मानमा सालिक राख्ने कार्य ढिलो नगरी अघि बढाउन निर्देशन दिइन् ।

छलफलमा सहरी विकास सचिव गोपाल सिग्देलले सालिकका लागि पहिचान गरिएका सम्भावित स्थान र डिजाइनबारे जानकारी गराएका थिए । उनले प्राविधिक तयारीबारे ब्रिफिङ गर्दै थप कार्यका लागि मार्गदर्शन माग गरे ।

सरकारले आन्दोलनकारी ुजेनजीु समूहसँग भएको सम्झौता बमोजिम सहिदहरूको त्याग र बलिदानलाई सम्मान गर्दै न्यायपूर्ण स्मृतीकरणका लागि यो प्रक्रिया अघि बढाएको हो ।

बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, खानेपानी मन्त्री मदन परियार र सहरी विकास मन्त्री कुमार इङ्नामको सहभागिता थियो । साथै, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेसहित विभिन्न मन्त्रालयका सचिवहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै