काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी अझै नफुटेको बताएका छन् । भृकुटीमण्डपको विशेष महाधिवेशन भेलालाई सम्बोधन गर्दै उनले भने, “हामीले भनेका थियौँ पार्टीलाई फुट्न दिन्नौँ । यो पार्टी फुटेको छैन । एक छ । यो महाधिवेशनको क्रममा छ । आज बेलुका यो महाधिवेशनको क्रममा यो अध्याय सकिन्छ ।”
विशेष महाधिवेशनले जे निर्णय गर्छ त्यही कार्यकारीलाई नेपाली कांग्रेसले अडाडि बढाउने बताए । “यसले जे निर्णय गर्छ त्यो निर्णयबाट आएको कार्यकारीलाई नेपाली कांग्रेस पार्टीले अगाडि बढाउँछ । संविधानले पनि त्यही भन्छ ।” उनले थपे ।
देउवा नेतृत्वको समिति भंग भइसकेको छ
कांग्रेसका नेता थापाले शेरबहादुर देउवा नेतृत्वको समिति भंग भइसकेको बताएका छन् । उनले विशेष महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले भने– ‘२४८८ महाधिवेशन प्रतिनिधि यहाँ हुनुहुन्छ, तपाईंहरुमात्रै निर्वाचन आयोग जान्नुहुन्छ ? हामीले निर्वाचन आयोगमा समयमै जानकारी गराइसकेको छ । देउवाको नेतृत्वमा रहेको कार्यसमिति भंग भइसकेको छ । हामी नयाँ नेतृत्व चयनको प्रक्रियामा छौँ । यो कुरा सिंगो देश र नागरिकले सुनिरहेको छ । यो हो नेपाली कांग्रेस ।’
कसैलाई गाली नगर्नूस्, रुख चिन्ह र चारतारे झण्डा हामीसँगै हुन्छ
कांग्रेसले पाँच वर्षका लागि अनुशासनको कारबाही गरेलगत्तै नेपाली कांग्रेसका नेता गगन थापाले भृकुटीमण्डपमा कार्यकर्तालाई सम्बोधन गरेका छन् । आक्रामक रुपमा प्रस्तुत हुने थापाले कार्यकर्तालाई निकै सम्हालिएर सम्बोधन गर्दै भने– तपाईंहरुले बोल्दा र लेख्दा कसैलाई पनि नराम्रो नलेख्नू ।” चर्को नाराबाजीका बीचमा उनले यस्तो सम्बोधन गरेका थिए ।
थापाले सम्बोधनका क्रममा भने, “हामी सभापति शेरबहादुर देउवासँग बिहान समय मागेर गएका हौँ । हामी सामान्य अवस्थामा छैनौँ असामान्य अवस्थामा छौँ, तपाईंले सबै कार्यकारी जिम्मेवारी छाडेर जान्छु भन्दै गर्दा हामीले सबैभन्दा बढी जयजयकार गरेका हौँ । अब पनि फेरि त्यही गर्नुहोस् ।” तर आफूहरुलाई अलमल्याएर निर्वाचन आयोगमा जानकारी गराएर सानेपाले कारबाही गरेको टिप्पणी थापाको थियो ।
“बहुमत महाधिवेशन प्रतिनिधि भएको ठाउँबाट चाँडो गर भन्नुभएको छ । हामीले तालिका सारेका छौँ सारेका छौँ,” थापाले भने, “हामी चुनावमा जाँदा हाम्रो उमेदवार शेरबहादुर देउवा होइन भनेर जाऔँ भनेको त हो नि ! देश र जनताका लागि भन्नुपर्ने बाध्यता हो । र छ पनि ।”
थापाले शेरबहादुर देउवा नेतृत्वको समिति भंग भइसकेको बताए । उनले विशेष महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
“२४८८ महाधिवेशन प्रतिनिधि यहाँ हुनुहुन्छ,” थापाले भने, “तपाईंहरुमात्रै निर्वाचन आयोग जान्नुहुन्छ ? हामीले निर्वाचन आयोगमा समयमै जानकारी गराइसकेको छ । देउवाको नेतृत्वमा रहेको कार्यसमिति भंग भइसकेको छ । हामी नयाँ नेतृत्व चयनको प्रक्रियामा छौँ । यो कुरा सिंगो देश र नागरिकले सुनिरहेको छ । यो हो नेपाली कांग्रेस ।”
थापाले सानेपामा गरिएको निर्णयका बारेमा कुनै प्रतिक्रिया नदिने बताएका छन् । विशेष महाविधेशन समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “बेलुका सामाजिक सञ्जालमा लेख्दाप नि उहाँहरुलाई गाली नगर्नुहोला । हामीले नै उहाँहरुलाई मिलाएर लैजाने,” थापाले भने,“उहाँहरुले हामीलाई अलमल्याएर निर्वाचन आयोगमा निवेदन दिएर कारबाही गरियो । हामीलाई अलमल्याउनुभयो । सिंगो देशलाई कसरी अलमल्याउने हो ?”
उनले सानेपामा गरिएको कुनै पनि निर्णयका बारेमा कुनै प्रतिक्रिया नभएको बताए । “सानेपा निर्णयमा कुनै प्रतिक्रिया छैन । मलाई निर्वाचन आयोगप्रति विश्वास छ । ऐन कानुनप्रति विश्वास छ,” उनले भने, “कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधि जम्मा भएर विधिसम्मत गरिएको विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोगले केही भन्दैन । यसका बैधानिक र संवैधानिक कारण छन् । कसैको निजी कम्पनी होइन । हामीलाई कसैले घरभित्र आइज भनेर आएको होइन, जा भनेर जाने होइन ।हामीलाई अल्झाएर निर्वाचन आयोगमा पत्र पठाएर समय मिलाएर कारबाही गर्ने ?”
उनले पार्टी र चुनाव चिह्नको चिन्ता नगर्न अनुरोध गरे । “कांग्रेस एउटै छ । कांग्रेस यहीँ छ । रुख कहाँ जान्छ ? झन्डा कहाँ जान्छ भन्ने चिन्ता किन ?,” थापाको भनाइ थियो ।