काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको भाउ घटेको छ । बिहीबार प्रतितोला दुई हजार रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई हजार आठ सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १४ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ । बिहीबार सुन प्रतितोला तीन लाख १७ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला पाँच हजार पाँच सय १५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला पाँच हजार चार सय ९५ कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय पाँच अमेरिकी डलरमा कारोबार भइरहेको छ ।