काठमाडौँ । नेपाली बजारमा सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको छ । यसदिन चाँदीको भाउ भने मंगलबारकै दरमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको भाउ ३ लाख १९ हजार रुपैयाँ निर्धारण गरिएको छ । हिजो मंगलबार सुन तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन चाँदीको भाउ भने स्थीर रहेको छ । बुधबार एक तोला चाँदीको भाउ ५ हजार ७२० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो मंगलबार चाँदी तोलाको ५७२० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५२०५.३८ डलर तथा चाँदी ८८.२५ डलरमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने उतार चढावका आधारमा नेपालमा सुन चाँदीको भाउ निर्धारण हुँदै आएको छ ।