इरानको शक्ति केन्द्रमै प्रहार: लारिजानीसहित शीर्ष सुरक्षा नेतृत्व सखाप

तेहरान । मध्यपूर्वमा युद्धले भयावह मोड लिँदै जाँदा इजरायलको लक्षित आक्रमणले इरानको शक्ति केन्द्रमै ठूलो झट्का दिएको छ । सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानी मारिएको पुष्टि भएसँगै इरानको सुरक्षा संरचना नै हल्लिएको छ ।

सोमबार राति भएको आक्रमणमा लारिजानीसँगै उनका छोरा र नजिकका सहायकसमेत मारिएका छन् । इजरायलले उच्च तहका सुरक्षा अधिकारीलाई निशाना बनाउँदै निरन्तर प्रहार गरिरहेको छ, जसले द्वन्द्वलाई अझै चर्काएको छ ।

लारिजानीको मृत्यु इरानका लागि ठूलो क्षति मानिएको छ, किनकि उनी मुलुकको रणनीति र सुरक्षा निर्णयका केन्द्रमा थिए । यससँगै इरानी अर्धसैनिक बलका प्रमुखसमेत मारिएको दाबीले स्थिति झन् गम्भीर बनेको छ ।

युद्ध अब सीमित झडपबाट बाहिर निस्कँदै व्यापक क्षेत्रीय द्वन्द्वमा रूपान्तरण हुने संकेत देखिएको छ । इरानले प्रतिशोधस्वरूप तीव्र आक्रमण जारी राख्ने चेतावनी दिएको छ भने इजरायलले पनि थप प्रहार रोकिने संकेत देखाएको छैन ।

स्ट्रेट अफ हर्मुजजस्तो महत्वपूर्ण समुद्री मार्ग प्रभावित हुँदा विश्व अर्थतन्त्रमा समेत धक्का लागेको छ । तेल आपूर्ति प्रभावित भएसँगै मूल्य आकासिँदै गएको छ, जसले विश्वव्यापी संकटको जोखिम बढाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै