इरान युद्धमा असहमति चर्कियो: ट्रम्पका शीर्ष सहयोगीले दिए राजीनामा

वासिङ्टन । ट्रम्प प्रशासनभित्रै इरान युद्धको विषयलाई लिएर गम्भीर दरार देखिएको छ । आतङ्कवादविरोधी केन्द्रका निर्देशक जो केन्टले खुलेआम असहमति जनाउँदै पदबाट राजीनामा दिएका छन् ।

केन्टले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको पत्रमा इरानलाई तत्काल खतरा नभएको दाबी गर्दै युद्धको औचित्यमाथि नै प्रश्न उठाएका छन् । उनले इजरायल र अमेरिकी प्रभावशाली समूहको दबाबमा युद्धतर्फ धकेलिएको आरोपसमेत लगाएका छन् ।

उनले ‘अमेरिका फर्स्ट’ नीतिबाट विचलन भएको संकेत गर्दै गलत सूचनाका आधारमा निर्णय लिइएको दाबी गरेका छन् । उनका अनुसार यस्तो युद्धले अमेरिकी जनताको हितभन्दा बढी जनशक्ति र स्रोतको क्षति मात्र गराउनेछ ।

पूर्व सैनिक र सीआईएका अनुभवी केन्टले आफ्नो व्यक्तिगत पीडासमेत उल्लेख गर्दै अर्को पुस्तालाई अनावश्यक युद्धमा पठाउन नसकिने स्पष्ट पारेका छन् ।

ट्रम्पको दोस्रो कार्यकालमा पनि उच्च तहका अधिकारीबीच असन्तुष्टि बढ्दो देखिएको छ । पछिल्लो राजीनामाले प्रशासनभित्रको मतभेद सतहमा आएको मात्रै होइन, आगामी रणनीतिमाथि समेत गम्भीर प्रश्न उठाएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै