एशियन लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

काठमाडौँ ।  एशियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि समेत ५.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै