सरकारले खोल्यो मध्यपूर्वका केही देशका लागि पुनः श्रम स्वीकृति, यी देशमा अझै प्रतिबन्ध कायम

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वका केही देशमा कार्यरत नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति दिने निर्णय गरेको छ । पश्चिम एसियामा विकसित असहज परिस्थितिका कारण लगाइएको प्रतिबन्धलाई मन्त्रालयले आंशिक रूपमा हटाएको हो ।

परराष्ट्र मन्त्रालयको सिफारिस र वैदेशिक रोजगार विभागको सुझावका आधारमा मङ्गलवार यस्तो निर्णय गरिएको मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए । यसअघि मन्त्रालयले साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल लगायतका देशका लागि व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति स्थगन गरेको थियो ।

कहाँ खुल्यो पुनः श्रम स्वीकृति ?

विभिन्न देशमा रहेका नेपाली दूतावास, गैरआवासीय नेपाली सङ्घ (NRNA) र श्रमिकहरूको मागलाई सम्बोधन गर्दै सरकारले निम्न देशहरूमा पुनः रोजगारीमा फर्कन चाहनेका लागि बाटो खुला गरेको छ:

साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्की।

यी देशबाट बिदामा नेपाल आएका श्रमिकहरूले अब पुनः श्रम स्वीकृति प्राप्त गर्न सक्नेछन्।

यी देशमा अझै लागु छ प्रतिबन्ध:

मन्त्रालयका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै केही देशमा भने अझै पुनः श्रम स्वीकृति दिइने छैन:

इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनान।

सरकारको यो निर्णयले बिदामा घर आएर कार्यस्थल फर्कन नपाएका हजारौँ नेपाली श्रमिकहरूलाई ठुलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै