गरिमा क्यापिटललाई खुलामुखी सामुहिक लगानी कोष योजना सञ्चालन अनुमति

काठमाडौँ । गरिमा क्यापिटलले पनि खुलामुखी सामुहिक लगानी कोष योजना (ओपन म्युचुअल फण्ड) सञ्चालन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले माघ २१ गते क्यापिटललाई योजना सञ्चालनको अनुमति पाएको हो ।

क्यापिटलले योजना  सञ्चालनको अनुमति माग गर्दै कार्तिक २८ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

क्यापिटलले गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरि ‘गरिमा सुवर्ण योजना’ नामको खुलामुखी सामुहिक लगानी कोष योजना सञ्चालन गर्ने अनुमति पाएको हो । यस योजनाको आकार १ अर्ब रहेको छ । फण्ड अन्तर्गत प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन हुने छ ।

हाल क्यापिटलले गरिमा समृद्धि योजना नामको बन्दमुखी फण्ड सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै