विन नेपाल लघुवित्तको निर्णय: यस वर्ष सेयरधनीको हात खाली

लाभांश वितरण नगर्ने प्रस्तावसहित वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंक पठाइयो

काठमाडौँ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

संस्थाको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले लाभांश विनै तयार पारिएको गत आर्थिक वर्षको वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय समेत गरेको छ ।

राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि लघुवित्तले वार्षिक साधारण सभा आह्वान गर्नेछ । साधारण सभाले सञ्चालक समितिको यो प्रस्ताव पारित गरेपछि मात्रै कार्यान्वयनमा आउनेछ ।

अघिल्लो वर्षहरूको तुलनामा संस्थाको नाफा र सञ्चित कोषको अवस्थालाई हेरेर सञ्चालक समितिले यसपटक लाभांश नदिने निर्णय लिएको बुझिएको छ ।

यस निर्णयले नियमित लाभांशको आशामा रहेका लघुवित्तका सेयरधनीहरूलाई भने केही निराश बनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै