शेयर मार्केट्स एण्ड फाइनान्सका तत्कालीन अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ

काठमाडौँ । नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले आइतबार पक्राउ गरेको हो ।

के थियो अभियोग ?

श्रेष्ठले फाइनान्सको कार्यकारी अध्यक्ष हुँदा निक्षेपकर्ता र संस्थाको हित विपरीत हुने गरी अनियमित एवं गैरकानुनी कार्य गरेको पुष्टि भएको थियो। नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा उनीमाथि अनुसन्धान सुरु गरिएको थियो ।

अदालतको फैसला र सजाय

सर्वोच्च अदालतको २०८१ भदौ ५ गतेको फैसलाले उनलाई दुईवटा फरक-फरक मुद्दामा दोषी ठहर गरेको थियो:

मुद्दा १: १९ करोड ४६ लाख १ हजार ६६२ रुपैयाँ जरिवाना र ३ वर्ष कैद।

मुद्दा २: ३ करोड २१ लाख ३९ हजार ६८१ रुपैयाँ जरिवाना र ३ वर्ष कैद।

कुल मिलाएर उनलाई २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ जरिवाना र ६ वर्ष कैद सजाय सुनाइएको थियो।

पक्राउ र कारबाही

काठमाडौँ महानगरपालिका-२४ बटु स्थायी घर भई हाल नागार्जुन-५, सीतापाइला बस्ने ६९ वर्षीय श्रेष्ठलाई सीआईबीको टोलीले सोही स्थानबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि आइतबार नै काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै